बहुजन समाजवादी पार्टीकी मायावतीद्वारा लोकसभा चुनाव नलड्ने घोषणा
प्रकाशित २०७५ चैत ६ बुधबार
647
Shares
नयाँ दिल्ली। बसपा सुप्रीमो मायावतीले यस पटक लोकसभा चुनाव नलड्ने घोषणा गरेका छन्। उनले भनिन् कि देशको मौजूदा राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै मैले लोकसभा चुनाव नलड्ने निर्णय लिएका हुन् ।
लखनऊमा एक प्रेस कन्फ्रेन्सको क्रममा मायावतीले भनिन् कि उनी यस पटक लोकसभाको चुनाव लड्दिनन् । मायाले बीजेपीमाथि यसपटक निशाना समेत साँधेकी छिन् । पत्रकारसँगको कुराकानीका क्रममा उनले भनिन्, 'म जब चाहन्छु लोकसभा चुनाव जित्न सक्छु। हाम्रो गठबन्धन मजवूत स्थितिमा छ । म लोकसभा चुनाव लड्दिन । पछि जरुरत पर्यो भने कुनैपनि ठाउँबाट चुनाव लड्न सक्छु ।'
उता, प्रधानमन्त्री नरेन्द्र मोदीले 'म पनि चौकीदार' क्याम्पियनसँग जोडिएको नयाँ भिडियो जारी गरेका थिए । पीएम मोदीले यो भिडियो ट्वीट गर्दै लेखेका थिए कि चौकीदार शब्द आज देशभक्तिको पर्याय बनेको छ । यसभन्दा पहिले पीएम मोदीले ब्लग लेखेर कांग्रेसमाथि निशाना साँधेका थिए । पीएम मोदीले लेखेका थिए कि २०१४ को जनादेश ऐतिहासिक थियो ।
भारतको इतिहासमा पहिलो पटक कुनैपनि गैर वंशवादी पार्टीलाई पूर्ण बहुमत मिलेको थियो । जब कोही सरकार परिवार फर्स्टको ठाउँमा भारत फर्स्टको भावना लिएर अघि बढ्दछ । कुनैपनि नेताले कुन् भावना बोकेको छ ? त्यो उसको काममा पनि देखिन्छ । २०१४ मा भारतीयहरुले वंशवादमाथि ईमानदारी, विनाशको ठाउँमा विकासलाई चुनेका थिए ।
उता, बिहारमा आरजेडी, कांग्रेस सहित महागठबन्धनका सबै घटक दलहरुको बीचको डिल फाइनल भइसकेको छ । आज पटनामा महागठबन्धनको घटकदल सीट बाँडफाडको घोषणा समेत भएको छ । स्रोतका अनुसार ४० सिट मध्ये २० सिटमा राजद र नौमा कांग्रेस चुनाव लड्ने भएका छन् । बाँकी ११ सिटमा रालोसपालाई चार, वीआईपीलाई तीन सिट मिलेको छ ।