भियतनामी नेता होचिमिन्हबाट प्रभावित छु : प्रधानमन्त्री
प्रकाशित २०७५ चैत ५ मंगलबार
386
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले मंगलबार गरेको शिष्टाचार भेटमा प्रधानमन्त्रीले आफूले नेता होचिमिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको स्मरण गरे। सो अवसरमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए।
भेटमा राजदूत चाउले भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभव आपसी हितमा प्रयोग गर्न सकिने बताए । उनले भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक विकास, व्यापार प्रवद्र्धन, पर्यटन, कृषि, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा सफलता हासिल गरेको बताए ।