arrow

तिब्बती शरणार्थीको मुद्दा : अमेरिका नेपालसँग विश्वस्त, प्रधानमन्त्रीलाई लेख्यो पत्र

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
nepal-amerika.jpg

काठमाडौं । अमेरिकाले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै तिब्बती शरणार्थीको विषयमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरेको छ । अमेरिकी विदेश मन्त्री  माइक पोम्पियोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै प्रशंसा गरेका हुन् । 

अमेरिकाले तिब्बती शरणार्थीको विषयमा राखेको जिज्ञासामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालमा रहेका तिब्बती नागरिकको अधिकारको पूर्ण संरक्षण गरिएको बताएका थिए । विशेषगरी नेपालले नन–रिफउलमेन्टको सिद्धान्तअनुसार घर फर्काउँदा उनीहरुको ज्यानमा जोखिम हुन्छ भने शरणार्थीलाई मुलुक छाड्न बाध्य नपारिने नियमको पालना गरेकोप्रति पेम्पेओले प्रशंसा गरेका हुन् ।

अमेरिकाले लेखेको सो पत्रमा एक वर्ष सफलतापूर्वक पार गरेकोमा बधाई दिएको समेत दिएको छ । विदेशमन्त्री पोम्पेओले पठाएको पत्रमा केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीसँग भेटेको र भेटमा आफूले अमेरिकासँगको सम्बन्धबारे प्रतिवद्धता जनाएको उल्लेख गरेका छन् । साथै आगामी दिनमा नेपालसँगको सहकार्य विस्तारको लागि आफ्नो चाहना रहेको सन्देश पनि उनलाई पठाएको बताएका छन् । 

पेम्पेओले भेटको क्रममा यसअघि भएको सम्झौताअनुसार सहस्राब्दी चुनौती सहकार्य सम्झौता ९एमसीसी०को बारेमा पनि केही महत्वपूर्ण प्रतिबद्धता नेपालले जाहेर गरेको उल्लेख गरेका छन् ।  साथै भेटको क्रममा ज्ञावालीले नेपालले अन्तर्राष्ट्रिय मूल्य मान्यताको अनुशरण गर्ने आश्वासन दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ