arrow

चिनकाजीका पिताको मृत्यु, कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
congresss.JPG

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँस्थित ओम अस्पतालमा निधन भएको थियो ।

विसं २००७ देखि कांग्रेसमा आबद्ध भई सक्रिय राजनीतिमा रहनुभएका स्व श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा देखाएको सक्रियता सबैका लागि अनुकरणीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्व श्रेष्ठको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले उनले आफ्ना सन्ततिलाई सदैव आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको र आफू पनि सामाजिक कार्यमा संलग्न रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ