arrow

प्रधानमन्त्रीले सेना प्रयोग गर्ने अधिकार पाउनु गलत – प्रधान

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
bhimsen-das-pradhan1.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीले सेना प्रयोग गर्ने अधिकार पाउनु गलत भएको जनाएका छन् । 

उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विरुद्ध सेना प्रयोग गर्ने अवस्था आइनसकेको भन्दै यही बहानामा प्रधानमन्त्री अधिकार लिन खोज्नु गलत भएको बताएका छन् । 

उनले विप्लवसंग वार्ताकै माध्यमबाट अगाडि बढ्नु पर्ने भन्दै सेना मिसाउन नहुने बताए । 

काँग्रेसले पनि वार्ताकै माध्यमबाट समाधान निकाल्नुपर्नेमा जोड दिएको भन्दै प्रधानले १२ बुँदे वृहत शान्ति सम्झौता गरेर काँग्रेसले तत्कालीन विद्रोही माओवादीलाई मुलधारको राजनीतिमा ल्याएको स्मरण गराए । 

प्रधानमन्त्रीले सेना परिचालन गर्न प्रत्यक्ष पाउनु नहुनेमा प्रधानको भनाइ छ ।

सेनालाई स्वतन्त्र राख्दै आएको भन्दै नेता प्रधानले सेनालाई पार्टीकरण गर्न नहुने बताए । उनले सेना परिचालन गर्ने अवस्था आयो भने सत्ताधारीदेखि प्रतिपक्षीलगायत सबैको सहमति हुनुपर्नेमा जोड दिए । 

सेनालाई परिचालन गर्नका लागि राष्ट्रिय बहसको विषय बनाउनु पर्नेमा पूर्व रक्षामन्त्री प्रधानले बताए । 

उनले भने, ‘यदि बहुमतको आधारमा सरकारले सेना परिचालन गर्ने अधिकार सीधै प्रधानमन्त्रीलाई दिइन्छ भने सेनाले पनि पक्कै केही प्रतिक्रिया दिनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ