जानकी मन्दिरमा पूर्व राजालाई रातो कार्पेट, भने - शान्तिका लागि देश भ्रमणमा निस्किएको हुँ
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत १ शुक्रबार
297
Shares
जनकपुर । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा शान्ति भएपछि मात्रै विकास हुने तर्क राखेका छन् । शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा माता जानकीको दर्शन गरेपछि पत्रकारसँग कुरा गर्दै शाहले देशमा शान्ति भएपछि मात्रै विकास हने आफू देशको शान्तिको भ्रमणमा निस्किएको बताए ।
पूर्व राजा शाहले भने, 'म मधेशको भ्रमण होइन देशको भ्रमणमा आएको हुँ, तराई पनि देशको अभिन्न अंग हो ।' देशमा शान्ति आएपछि देशसंगै तराईको पनि विकास हुने बताए । पुर्वराजा शाहले जानकी मन्दिरमा करिब १० मिनेट पूजापाठ गरि रामजानकी विवाहस्थल मडवाको समेत अवलोकन गरेका थिए ।
शाहलाई स्वागत गर्न हजारौको संख्यामा पूर्व राजा शाहका समर्थक, राप्रपा संयुक्तका नेता कार्यकर्तासहित स्थानीयको उल्लेखनिय सहभागिता रहेको साथै राजारानीको फोटो समेत लिएर स्वागत गरेका थिए ।
आफ्नो पक्षमा माहोल बनाउन बुधबार जनकपुर आएका पूर्वराजा शाहले बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतको स्थानमा आफ्ना समर्थकहरुलाई भेटघाट गरेका थियो ।
पूर्वराजा शाहको स्वागतका लागि मन्दिरको उत्तरी मुलद्वार हुँदै जानकी मन्दिरसम्म रातो कार्पेट बिछ्याइएको थियो ।