किसानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजका कुरा गर्नु हास्यास्पद : पौडेल
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ चैत १ शुक्रबार
772
Shares
कपिलवस्तु । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको बर्तमान सरकार एक बर्षे कार्यकालमा पुर्णतया असफल भएको आरोप लगाएका छन् । कपिलवस्तुको यशोधरा गाउपालिका– ४ अम्लोनाहामा नेपाली कांग्रेस क्षेत्रीय समितिद्वारा आयोजित बिशाल आभ सभामा सम्बोधन गर्दै नेता पौडेलले भने‘ सरकार शान्ति सुरक्षा, सुशासन र विकासमा पुर्णतया असफल भएको छ। ’
ओली सरकारको कामको टिप्पणी गर्दै उनले भने, ‘बर्तमान सरकारको एक वर्षे उपलब्धी शुन्य छ ।' अधिनायकबादी चिन्तन हावी भएपछि सरकारले एक वर्ष त्यसै खेर फालेको नेता पौडेलले सरकारको खरो आलोचना गरे । आम जनतालाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले नेपालको संविधान तथा कानुनको खिल्ली उडाउने काम गरेको पौडेलले अरोप लगाए । बर्तमान सरकारको समृद्धिको नारा नारामै सीमित भएको भन्दै उनले अबको समृद्धिको नेतृत्व पनि कांग्रेसले लिने अवस्था आएको बताए ।
सरकारले एक बर्षे कार्यकालको उपलब्धीले नै आउने चार बर्षमा केही हुन नसक्ने संकेत देखा परकोले कांग्रेसको अगुवाईमा मात्र मुलुकमा समृद्धिको ढोका खुल्ने दाबी गरे । देशमा पानी जहाज र रेल संचालन गर्ने भन्दै सरकारले जतालाई उल्लु बनाउने काम गरेको बताए । उनले अध्ययनबाट समेत नेपालमा पानी जहाज आउन नसक्ने देखिएको भन्दै कृषकहरुलाई पानी चाहिएको र सरकार पानी जाहजाको झुठा सपना देखाएको बताए ।
राजपा र फोरममा रहेका मधेसी दलका नेताहरुले तराई मधेसका जतालाई झुक्काउने गरेको आरोप लगाए । मधेस आन्दोलनमा ओलीलाई गाली गर्ने मधेसी नेताहरु नै अहिले ओली सरकारमा जानुले नै यसको पुष्टी भएको बताए । नेता पौडेलले तराई मधेस कांग्रेसको एक अर्काका परिपुरक र साथ भएको बताए । उनले कांग्रेसको बल नै मधेस भएकाले मधेसी जनतालाइ कांग्रेसले कहिले धोका दिन नसक्ने बताए ।
सिके राउतसंग गरेको संझौता अपरपक्व भएको उनले बताए। अध्ययन र छलफल नगरी गरिएको स्तन्त्र मधेसका संयोजक भनिएका राउतसंगको संझौता हतारमा गरिएको बताए । सिके राउतले बिगतमा गरेका बिखण्डनकारी गतिबिधि बारे सहमितिमा कहि कतै स्विकार नगरेको बताए । उनले संझौतापछि पनि स्वतन्त्र मधेसको नाममा बिखण्डनकारी गतिबिधि भएको प्रति चिन्ता ब्यक्त गदै सरकारको यस तर्फ ध्यानाकर्ण गराए ।
उनले स्वतन्त्र मधेसको नाममा सिके राउतले तराई मधेस र हिमालको सम्बन्धलाई बिगार्न खोजेको तर्क गरे । उनले देशमा अहिलको स्थितिमा जिम्मवारी पुर्वक काम गर्ने देशभक्त नेताको खाचो रहेको बताए । अहिले मुलुकमा अराजत गतिबिधि बढदै गएको र त्यसलाई सरकारले नियन्त्रणमा लिन नसक्दा मुलुकमा डर र भयको शासन चलेको आरोप लगाए ।
सो अवसरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले बिखण्डनकारी सिके राउतसंग संर्झौता र देश मै बसेर आन्दोलनमा रहेको नेपकालाई प्रतिबन्ध लगाएर सरकारले गलत काम गरेको टिप्पणी गरे ।
कार्यक्रमममा कांग्रेसका जिल्ला सभापति सरेन्द्रराज आचार्य, पुर्व सभपति राजेश आचार्य ,सुधार पाण्डेय , तरण दलका महासचिव भुपेन्द्रजग शाही,महिला संघकी केन्द्रीय सदस्य सुमित्रा शर्मा लगायतले मन्तब्य दिएका थिए ।
कार्यक्रम क्षेत्रीय सभापति गिरीजशे कुमार पाण्डेयको अध्यक्षता र माधव पराजुलीको संचलनमा भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी संयौ कार्यकर्ता नेपाली काग्रंसमा प्रवेश गराएका थिए ।