मन्त्री महासेठले एकै दिन गरे ३ वटा पुलको शिलान्यास
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत १ शुक्रबार
529
Shares
जनकपुधाम । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले शुक्रवार धनुषामा ३ वटा पुलको शिलान्यास गरेका छन् ।
मन्त्री महासेठले शुक्रवार एक कार्यक्रम बीच भारत सरकारको लगानीमा निर्माण भइरहेको धनुषाको ढल्केवर—जनकपुर—जटही ६ लेन सडक अन्तर्गत पर्ने जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ बसहिया स्थित दुधमति पुलको शिलान्यास गरेका छन ।
त्यस्तै नगराइन नगरपालिका गंगुली स्थित जल्लाद पुल र जटहीको जमुनी पुलको पनि मन्त्री महासेठले शिलान्यास गरे ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले अबको ४ वर्षभित्र देश विकासको समृद्धिमा जाने बताए। पुलको शिलान्यास गर्दै मन्त्री महासेठले समयमा निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी समेत दिए।