गत आइतबार जनकपुरमा सिके राउतका कार्यकर्ताले गरेको गतिविधिप्रति इंकित गर्दै नेता मैनालीले भने, ‘यो काम गरेपछि स्वतन्त्र मधेशको झण्डा लिएर मानिसहरु स्वागत गर्न आए । सरकारले नेपालबाट मधेशलाई स्वतन्त्र गराउने कामको बैधानिकता दिएको छ ।’
मैनालीले भने, ‘सिके राउतले हिजो गरेका बिखण्डनकारी काम फिर्ता लिने काम कुनै सहमतिमा लेखिएको छैन । हिजो गलत काम गरेको भएर नै मूल धारमा ल्याउन खोजिएको जस्तो लाग्छ । तर त्यस्तो देखिएन ।’
उनले ओली नेतृत्वको सरकारलाई भने, ‘गल्ती तत्काल सच्याउनु जरुरी छ । नेपाल विरोधी गतिविधि गर्न कसैलाई छुट छैन ।’