arrow

त्रिविका आंगिक क्याम्पसमा ३३ प्रतिशत महिला प्रमुख राख्न माग

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
PK_Campus_news.jpg

काठमाडौं । महिला नेतृहरुले प्राज्ञिक क्षेत्रमा ३३ प्रतिशत महिला नेतृत्वको माग गरेका छन् । आईतबार पद्मकन्या क्याम्पसमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका छन् । 

१०९ औं नारी दिवसको अवसरमा राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्ने महिला नेतृहरुले यस्तो माग गरेका हुन्।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले राज्यको सबै निकायमा  ३३ महिला प्रतिशत सहभागिता कार्यान्वयनमा नआएको बताईन् । उनले ३३ प्रतिशत महिला सहभागिता सम्बन्धी व्यवस्थाको कार्यान्वयनको लागि अब प्राज्ञिक क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् । 
 
कार्यक्रममा काँग्रेस संसदीय दलकी सचेतक तथा केन्द्रीय सदस्य पुष्पा भुषालले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा कम्तिमा ३३ प्रतिशत क्याम्पस प्रमुख महिला हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थी, कर्मचारी संघकी उपसभापति जमुना पौडेल, महिला प्राध्यापक एवं कर्मचारी सञ्जालकी अध्यक्ष कल्पना श्रेष्ठ, सचिव विमला नेपाल, नेपाली काँग्रेसकी महिला नेतृ इन्दिरा तिवारी, नेविसंघकी पद्मकन्या क्याम्पस इकाई अध्यक्ष साधना घिमिरे, इकाई उपाध्यक्ष रुपा पोखरेल, नेविसंघ पूर्व केन्द्रीय सदस्य तुलसा पन्त लगायतले आफ्नो धारणा राखेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ