बाजुरा। देशभरी एकै साथ नेकपाले फागुन २३ गते बिहीबार पार्टीका दिवङ्गत नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभाको तयारी गरेको छ। सोही अवरमा बाजुरामा आयोजना भएको अधिकारीद्धयको श्रद्धाञ्जली सभामा विवाद भएको छ।
नेकपाको एक पक्षले आज विहान ८ बजे श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना पार्टी कार्यालयमा गरिएको छ भने अर्का पक्षले नेकपा बाजुराको पाटी कार्यालयमा विहान १२ बजे श्रद्धाञ्जली सभाको आयोजान गर्ने भएको छ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका नेकपा नेता तथा संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र नेकपा नेता पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको संयुक्त रुपमा नेकपाको पाटी कार्यालयमा सभाको आयोजना गरिएको नेकपा नेता भरत थापाले बताएका छन्।
नेता गगन रावलले भने पाटीको विधी विपरीत सभाको आयोजना गर्न लागीएकोले भन्दै आपत्ती जनाउदै बिहानको सभाबाट बाहिरीएको बताएका छन्। नेकपा केन्द्रीय कमिटीको निर्णय अनुसार अधिकारीद्धयको मृत्युपछि तिन दिन पाटीको आधा झण्डा झुकाउने र २३ गते अर्थात आज श्रद्धाञ्जली सभा गर्न निर्देशन अनुसार उक्त सभाको आयोजना गरिएको नेकपाका नेता महेश शाहीले बताए।
आज विहान ८ बजे बाजुरा मार्तडीमा रहेको नेकपाको पाटी कार्यालयमा भएको श्रद्धाञ्जली सभाका सहभागी भएका नेकपाका नेता गगन रावल र देवीचन्द्र बुढाको नेतृत्वमा रहेका नेता तथा कार्यकर्ताले सभामा विधी र नीति विपरित सभाको आयोजना गरेको असन्तुष्टी जनाउदै बाहिरीएका छन्।
नेताद्धयको नेतृत्वका कार्यकर्ताहरुले भने आजै विहान १२ बजे नेकपाको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने नेकपाका नेता गगन रावलले बताए।
सो सभाको सभाअध्यक्ष बनाउने विषयमा विवाद भएपछि गुटैपिच्छे उक्त सभाको आयोजना हुने भएको छ। मृत्युवरण गरेका नेकपाका नेताद्धय अधिकारी माथि भने राजनिति भएको नेकपाका कार्यकर्ताहरुको बुझाई रहेको छ।