arrow

शान्तिपूर्ण समाधानमा सहयोग गर्न तत्परः कोइराला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1268635132.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेपलेट्जले मंगलबारबिहान शिष्टाचार भेट गरेकी छन् ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटमा नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध, अमेरिकाले नेपालको आर्थिक–सामाजिक विकासमा पु¥याएको योगदान, नेपालको पछिल्लो राजनीतिक अवस्था र सभापति कोइरालाको आसन्न अमेरिका भ्रमणका विषयमा कुराकानी भएको थियो । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका कोइरालाले राजनीतिक दलहरुबीच समझदारी र सहमति कायम गरी लोकतान्त्रिक संविधान निर्माण गर्ने लामो प्रक्रियालाई निष्कर्षमा पु¥याइएको बताए । उनले अहिले नेपालका सबै राजनीतिक दल लोकतान्त्रिक पद्दतिको एकै छातामुनि आउनु निकै सुखद् पक्ष भएको बताए । 

सभापति कोइरालाले नेपालमा लोकतन्त्रको स्थापना, विकास र लोकतान्त्रिक संविधान निर्माणमा निरन्तर नैतिक समर्थन तथा नेपालको आर्थिक र सामाजिक विकासमा निरन्तर दिँदै आएको सहयोगप्रति अमेरिकाको प्रशंसा पनि गरेका थिए । उनले भूकम्पपछि अमेरिकाबाट प्राप्त सहयोग प्रसङ्ग पनि उल्लेख गरेका थिए ।

सो अवसरमा सभापति कोइरालाले नेपालमा हाल देखिएको असहज अवस्थाको छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले सरकार र आन्दोलनकारी दलबीचको वार्ता परिणाममुखी हुनेमा आफू विश्वस्त भएको बताए । 

उनले प्रमुख प्रतिपक्षका रुपमा काँग्रेस यस समस्याको शीघ्र शान्तिपूर्ण समाधानमा आवश्यक सहयोग गर्न तत्पर रहेको बताउँदै मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सरकार र आन्दोलनरत दलहरु उत्तिकै चिन्तित हुनुपर्ने बताए । 

सभापति कोइरालाले अमेरिकामा स्वास्थोपचारपछि राजनीतिक भेटघाटमा पनि सरिक हुने बताएका थिए । सो अवसरमा अमेरिकी राजदूत टेपलेट्जले कोइरालाको नेतृत्वकालमा नेपालमा लोकतान्त्रिक संविधानको निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताएकी थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ