सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन प्रधानमन्त्री ओली झापामा
प्रकाशित २०७५ फागुन २१ मंगलबार
401
Shares
भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आएका छन्। काठमाडौँबाट यती एयरलायन्सबाट आएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गरेका थिए।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्नेछन्। सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै विराटनगर आएका थिए।
सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो।