वन र वन्यजन्तुको सहि व्यवस्थापन गर्यौं भने समृद्धि परको विषय होइन : मन्त्री बस्नेत
मुरली गोडिया,
प्रकाशित २०७५ फागुन १९ आइतबार
633
Shares
गुलरिया, बर्दिया । वनमन्त्री शक्ति बहादुर बस्नेतले वन र वन्यजन्तु व्यवस्थापन गर्न सके समृद्धि परको विषय नहुने बताएका छन । राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरको ३५ औं वार्डेनहरुको सम्मेलन एवं १७ औं मध्यवर्ति क्षेत्र व्यवस्थापन समितीका अध्यक्षहरुको बैठक समापन समरोहलाई सम्बोधन गर्नै क्रममा मन्त्री बस्नेतले नेपाली भुभागमा रहेको वन क्षेत्र र वन्यजन्तुको उचित व्यवस्थापन गर्न सके नेपालको समृद्धि परको विषय नभएको बताएका हुन ।
मन्त्री बस्नेतले भने, 'हामीसंग करिब ४५ प्रतिशत वन छ र १७ प्रतिशत संरक्षित क्षेत्र छ यसलाई मात्र हामीले व्यवस्थापन गर्न सके समृद्धि परको विषय होइन' । वन र वन्यजन्तु मुलुकको ठुलो सम्पति भएको उल्लेख गर्दै मन्त्री बस्नेतले संरक्षण, दिगो उपयोग र प्राप्त लाभको न्यायोचित वितरणको उचित व्यवस्थापन आजको अवश्यकता रहेको जोड दिए । उनले हामीसंग भएको स्रोत साधनलाई पहिचान गरि वनको पुर्ण क्षमतालाई सहि तरिकाले उपयोग गरि आर्थिक, समाजिक र बातावरणिय क्षेत्रको लाभ लिनु अहिलेको वन नितिको मुल विषय भएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विश्वनाथ वलीले वन्यजन्तुको जिवन निर्वाहका लागी अवश्यक आहाराको व्यवस्थापनमा चुकेको बताउँदै आर्थिक वर्षमा आएका कार्यक्रमहरु तोकिएको समयमा बजेट खर्च र कार्यक्रमहरु गर्नु पर्ने सुझाव दिए। सचिव वलीले भने, 'तपाईहरु विभिन्न कार्यक्रमहरुको बजेट प्रस्ताव गर्नु हुन्छ बजेट आउँछ त्यसपछि समयमा खर्च गर्नु हुन्न त्यसपछि फेरी अर्को वर्ष त्यही कार्यक्रमहरु पठाउनु हुन्छ, त्यस्तो नगर्न सुझाव दिन चाहन्छु । '
कार्यक्रममा मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण रणनिति वनाउने, चौबिसै घण्टा खटिने कर्मचारीका लागि प्रोत्साहन भत्ता एवं १० लाख बिमा दिनुपर्ने, गैंडाको प्राकृतिक मुत्युको सुक्ष्म अध्ययन, अव्यवस्थित बस्ती व्यवस्थापन आयोग गठन गनुपर्ने संकल्प प्रस्तावहरु पारित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कँडेलले बताए । यस्तै राहत निर्देशिकामा सम्पूर्ण वन्यजन्तुहरु समावेश गर्ने, श्रोत नभएका मध्यवर्ती क्षेत्रमा थप बजेट, नदी कटानका लागि रकम, छाडा चौपाया नियन्त्रण, विभागमा अमिनको दरवन्दी, सूचना प्रणालीमा सुधार गर्नुपर्नेलगायतका १५ बुँदे संकल्प प्रस्ताव पारित भएको उपमहानिर्देशक कँडेलले बताए ।
कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले राष्ट्रिय निकुञ्ज हाम्रो सम्पति भएको बताउँदै हामी सवैलाग्नु पर्ने बताउँदै सरकारले यसको संरक्षण विकास र यसले पारेको असरका बारेमा नीति निर्माण गर्नुपर्ने बताए । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तुहरुले निकुञ्ज आसपास बसोबास गर्ने नागरिकको घर भत्काउने, अन्नबाली खाइदिने, रातभरि सुत्न नदिने जस्ता विभिन्न समास्याहरु रहेको उल्लेख गर्दै उनले यसतर्फ नागरिकको सुरक्षालाई मध्यनजर गरि क्षतिपुर्ती लगायका विषयमा राज्यले ध्यान दिनुपर्ने बताएका छन ।
तीन दिनसम्म चलेको उक्त सम्मेलनमा नेपाल भरिका वन, वन्यजन्तु, संरक्षित क्षेत्र, लगायतको क्षेत्रमा काम गर्ने व्यक्तिहरुको उपस्थितीमा उक्त सम्मेलन संचालन भएको हो । वन्यजन्तुको संरक्षण : संमृद्धिका लागी पर्यापर्यटन भन्ने उद्देश्य सहित शुरु भएको सम्मेलनमा वन र वन्जजन्तु संग सम्वन्धित २६ वटा विषयमा छलफल, देश भरिका राष्ट्रिय निकुञ्जहरुको विगतको काम कर्तव्य, बर्तमान अवस्थामा देखिएको चुनौती र अगामी दिनको कार्यदिशाका सम्वन्धमा बृहत छलफल गरिएको छ । राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मान बहादुर खडकाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य बर्दिया राष्ट्रिय निकुञ्ज कार्यलयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गरेका थिए ।