काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको आज राति निधन भएको छ। फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको आज राति ९:३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराए।
उनप्रति श्रद्धाञ्जिली व्यक्त गर्न अधिकारीको पार्थिव शरीर आईतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कन्द्रीय कार्यालय धुम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालिन नेकपा(एमाले)को पहिलो सरकारमा अर्थमन्त्री रहँदा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै बनाउँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए।