जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
296
Shares
धादिङ । पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि विदेश जानु नपर्ने बताएका छन् ।
जिल्ला होटल सङ्घङले आज धादिङबेँसीमा आयोजना गरेको ‘धादिङ पर्यटन तथा औद्योगिक मेला’को उद्घाटन गर्दै डा यादवले वर्तमान संविधानअनुसार सबै सरकारले शिक्षामा लगानी गरी विकासका लागि काम गर्नुपर्नेमा जोड दिए। मिलेर विकास गर्नका लागि सबैको साझेदारी र हातेमालो हुनुपर्नेमा जोड दिँदै डा यादवले ४० लाख नेपाली विदेशमा रहेकाले उनीहरुलाई गाउँघरमै रोजगारी दिन सरकारले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा सङ्घीय सांसद खेमप्रसाद लोहनी, पूर्वमन्त्री कल्पना धमलालगायतले शुभकामना व्यक्त गरेकी थिइन् । मेलामा दुई सय प्रदर्शनी कक्ष रहेको छ ।