arrow

निर्मलाका बा आमालाई भेटन पुगे देउवा, न्याय दिलाई छाड्ने दिए ढाडस

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
deuba-nirmala.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन् । सभापति देउवा शुक्रबार निर्मला निवास कंचनपुर पुगेर परिवारलाई भेटेका हुन् ।

भेटमा देउवाले  निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै नभइ लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व रहेको बताए । उनले भने, 'निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खवरदारी गर्ने प्रतिवद्धता गरेको छु ।'

यसअघि कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्याका अभियुक्तलाई पक्राउ गर्न नसकेको विरोधमा प्रदर्शन गरेको थियो । निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाहीको माग सहित १६ मुद्दा उठाउदै कांग्रेसले देशभर प्रदर्शन गरेको हो । कांग्रेसले  निर्मला पन्तको हत्या विरोधमा आन्दोलन चर्काउने बताउदै आएको छ ।

स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । उनको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ