arrow

राजेन्द्र खेतानले चिनेको रविन्द्र अधिकारी, उनी अभिभावकत्व प्रदान गर्थे

अधिकारीको निधन देशकै लागि अपुरणीय क्षती

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
rabindra-rajendra.jpg

काठमाडौं। बुधवार रविन्द्र अधिकारी सवार हेलिकप्टर पाथिभराबाट फर्कने क्रममा दुर्घटनामा परेको समाचार इन्टरनेट सर्फिङ गर्दा थाहा पाएका उद्यमी राजेन्द्र खेतानले उनै पाथीभरा माईसँग उनको सकुसल भएको खबरको लागि कामना गरे।

देशैभरि खेतानले जस्तै उनका शुभेच्छुकहरुले पनि अधिकारी सकुसल फर्किउन भनेर कामना गरेका थिए। तर डाइनेस्टी एयरको हेलिकप्टरमा उनीसँगै अन्य ६ जनाको दुखद निधनको खबर पत्याउन कर लागेको थियो।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा रविन्द्र अधिकारीको निधनको पुष्टी गरेको समाचार विभिन्न सञ्चारमाध्यम मार्फत सार्वजनिक भइरहेको थियो। अधिकारीको निधनको दुखद खबर भाइरल भइरहँदा खेतान भने स्मृतीमा पुगेका थिए। जहाँ अधिकारीले खेलेका भुमिका उनले अझै पनि सम्झिरहेका थिए। 

रविन्द्र अधिकारी विभिन्न अप्ठ्यारो अवस्थामा समाज र समुदायको लागि कसरी अभिभावक भएर आएका थिए भन्ने बारेमा हाम्राकुरासँग कुरा गर्दै गर्दा राजेन्द्र खेतान भावुक भएका थिए। 

ऋतिक रोशन काण्डका रुपमा काठमाडौं सहित देशभर भड्किएको हिसात्मक घटनामा काठमाडौंमा मारवाडी समुदाय पनि भीडको निशानामा  थियो। मारवाडी समुदायलाई लक्षित गरि विभिन्न ठाउँमा आक्रमणको प्रयास भएको थियो। कतिपय स्थानिमा मारवाडी समुदायको पेशा व्यवसायमाथि क्षती पुर्‍याइएको थियो। यस्तो संकटको बेला रविन्द्र अधिकारी समुदायकै अभिभावक भएर आएको खेतान अहिले पनि सम्झन्छन। 

तपाइहरु ढुक्क भएर रहनुस। तपाइहरुको समुदायलाई केहि हुन दिन्नौ भनेर ढाडस मात्र हैन अधिकारीले अभिभावकत्व प्रदान गरेका थिए खेतान स्मरण गर्छन। समुदायका अगुवाहरुसँग त्रिपुरेश्वरको अर्किड होटलमा अधिकारीले वैठक गरेर समुदायलाई भरोसा दिलाएको बेलामा खेतानले अधिकारीको नेतृत्व क्षमतालाई चिनेका थिए। 

पहिलो संविधानसभामा उनै अधिकारीसँग खेतानले सहकार्य गर्ने मौका पाए। अधिकारीको नेतृत्व क्षमता पहिल्यै चिनेका खेतानले संसदमा अधिकारी सहितका नेताहरु गगन थापा, अभिषेक प्रताप शाह लगायतका नेताहरुसँग सहकार्य गरे। सहस्राव्दी विकास लक्ष्यमा सँगै काम गरेको स्मरण गर्ने क्रममा खेतानले केहि गरौं भन्ने क्याम्पेनमा पनि अधिकारी सहितका यूवा सांसदहरुसँग सहकार्य गरेको सम्झिए। 

देश विकासको हुटहुटी अधिकारीमा अधिक पाएका खेतानले उनलाई समस्या समाधानका लागि अग्रसर हुने मिजासिला र इमान्दार नेताको रुपमा लिए। विकास र समृद्धीको कुरालाई राजनीतिक भन्दा माथि राखेर हेर्नु पर्छ भन्ने सोचकै कारण पनि क्रस पार्टी संवादहरुमा अधिकारी धेरै व्यस्त हुनेगरेको खेतानको बुझाइ छ।

सायद उनको निधनपछि विभिन्न पार्टीका नेताहरुको भावपूर्ण समवेदना आउँदा उनले विगतमा गरेका सहकार्यहरुको प्रतिफल हो जस्तो पनि लागेको खेतान बताउँछन। 

वहालवाला मन्त्री अधिकारीको निधनले देशले एउटा होनहार सम्भावना भएको कुशल नेता गुमाएको जनाउँदै खेतानले भने सबै समुदायलाई भरोसा दिलाउन सक्ने एउटा इमान्दार, समस्या समाधानमा लागिरहने व्यक्ति हामीले गुमाएका छौ । यो देशकै लागि अपुरणीय क्षती हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ