arrow

सातै शव लिएर उड्न हेलिकप्टर रेडी, रोक्यो मौसमले 

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
suketar-ariport-kuhiro1.jpg

काठमाडौं । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ ल्याउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नेपाली सेनाको हेलिकप्टर तयार रहे पनि मौसमले गर्दा हेलिकप्टर उड्न सकेको छैन । 

ताप्लेजुङमा निरन्तर हिमपात हुनुका साथै विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान भर्न सक्ने अवस्था छैन । मुलुकभरकै मौसममा खरावी आइरहँदा अनुकुल मौसमको प्रतिक्षा गर्दा ढिलाइ भएको छ । 

बिहीबार बिहान ८ः३० बजे नै घटनास्थलबाट बाँँकी रहेका तीन शव सुकेटार विमानस्थल ल्याइए पनि त्यहाँबाट सबै सात शव काठमाडौं ल्याउन कठिन भएको हो । 

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइने बताएका छन् । 

बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो । 

शव काठमाडौं ल्याइपछि त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ