arrow

सात वटै शव सुकेटार विमानस्थलमा, मुचुल्का उठाइँदै, खराव मौसमले शव काठमाडौं ल्याउन कठिन

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
helicopter-crash1.jpg

काठमाडौं । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याउँदैछ । 

बिहीबार बिहान तीन जनाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याएपछि अहिले मुचुल्का उठाइँदैछ । मुचुल्का उठाएपछि अनुकुल मौसम हेरेर सात वटै शव काठमाडौं ल्याइने नेपाली सेनाले जनाएको छ । 

तत्कालै शव ल्याउन भने मौसम खराव रहेको बताइएको छ । 

यसअघि बिहान प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित नेपाली सेनाको हेलिकप्टर ती शव लिन गएको थियो । 

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । 

त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि बिहीबार बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन गएको थियो । 

बुधबार सुकेटार विमानस्थल ल्याइएका चारवटा शवमा मन्त्री अधिकारीको शव पनि थियो । प्रजिअ भण्डारीले अन्य शव चिन्न सक्ने अवस्थामा नभए पनि मन्त्री अधिकारीको शव भने चिन्न सक्ने अवस्थामा छ । 

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । 

सात वटै शव काठमाडौंमा ल्याएपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ