arrow

सरकारले दियो भोलि सार्वजनिक विदा, झण्डा आधा झुकाउने

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
cabinet-laptop1.jpg

काठमाडौं। सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय समेत गरेको छ । 

सरकारले बिहीबार सबै सरकारी निकाय, कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको मन्त्री थापाले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ