प्रधानमन्त्री ओलीको पुर्ख्योली थलो चुहानडाडामा मन्त्री अधिकारीको अन्तिम सम्बोधन
प्रकाशित २०७५ फागुन १५ बुधबार
351
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्योली थलो तेह्रथुम चुहानडाडामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधबार अन्तिम सम्बोधन गरे । आठराइ चुहानडाडामा पुगेका मन्त्री अधिकारीले त्यहाँका स्थानीयहरुलाई आफु एयरपोर्ट बनाउने हिसाबले अवस्था बुझ्न आएको बताए ।
एयरपोर्ट निर्माणको लागि बुधबार विहान स्थलगत निरिक्षण, संभव्यता अध्य्यनमा चुहानडाडा पुगेका मन्त्री अधिकारी स्थानीयलाई चुहानडाडा एयरपोर्टको नक्साको, डिजाइन, स्टमेट देखाउदै भने, 'पहिले २९ करोड भनेपनि अहिले स्टमेट ८७ करोड खर्च हुने अवस्था छ ।'
बर्तमान सरकार बनिसकेपछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई प्रधानमन्त्री केपी शर्माले नेतृत्व गरिरहेको बताउदै मन्त्री अधिकारी भने, 'हामी त्यहि मन्त्रीमाण्डलमा वहाँको नेतृत्वमा काम गरिरहेका छौं ।'
चुहानडाडामा एयरपोर्ट प्रधानमन्त्री ओलीको पुर्ख्योली थलो मात्र भइ उपयुक्त स्थान भएकाले बनाउन खोजिएको अधिकारी बताए । मन्त्री अधिकारीले भने, ' यो ठाँउ वहाँको जन्मस्थान भएको कारणले मात्र होइन । चुहानडाडा यस स्थानकै उपयुक्त ठाँउ भएकाले पनि हामीले यो स्थानमा एयरपोर्ट बनाउने विषयमा छलफल गर्यौं ।'
हँसीलो र खूशी मुहार देखिएका मन्त्री अधिकारिले भने, 'प्रधानमन्त्रीले भन्नुभयो त्यो ठाँउको विस्तृत अध्ययन गर्नुहोस । हामीले अघिल्ला आधारमा हामीले फेरी अध्ययन गर्यौ र हामी नक्सा, डिजाइन र स्टमेट सहित पुरा गरि सकेपछि प्रधानमन्त्रीलाई भेट्यौ । प्रधानमन्त्रीले भन्नुभयो,'अब अरुले होइन पर्यटनमन्त्री आफै गएर चुहानडाडा हेरेर आउनुहोस ।' त्यो अध्ययनपछि आज हामी यो ठाँउको स्थलगत अध्ययन गर्न आएका छौं ।'
चुहान डाँडाको कार्यक्रम सकेर ताप्लेजुङ गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको खबर स्थानियले केहि बेरमै पाए। ताप्लेजुङको पाथिभरा जाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर पाथिभरा मन्दिरको देब्रेपट्टिको भीरमा दूर्घटना भएको पुष्टि भएको छ ।
हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए।