arrow

आफ्नै जिल्लामा साथी गुमाएपछि योगेश निशब्द

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
Rabindra_Yogesh.jpg

काठमाडौं। नेकपाका नेता एवं सासंद योगेश भट्टराईले रविन्द्र अधिकारीको मृत्युले आफु स्तब्ध भएको बताएका छन्। उनले आफुले अधिकारीको मृत्यु नस्विकार्ने भन्दै भावुक भएका छन्। आफ्नै जिल्ला ताप्लेजुङ्गामा आफ्ना साथीले ज्यान गुमाएकाले भट्टराई अझ बढी भावुक भएका हुन्।

तत्कालिन नेकपा एमालेमा अधाकरी र भट्टराई दुई जुझारु एवं प्रतिभाशाली नेताका रुपमा मानिन्थे। समयक्रममा दुवैले आफ्नो उपस्थिती पनि नेपाली राजनीतिमा स्थापित गरे। यही क्रममा रहँदा रविन्द्र अधाकरीको मृत्यु भयो । उक्त मृत्युले भट्टराई आफु स्तबध भएको ट्विट गरेका छन् ।

उनले ट्विट गर्दै लेखेका छन् – ‘प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउन् यार् ।‘

प्रिय साथी म निशब्द छु ! म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एकपटक बताइदेउन् यार् । pic.twitter.com/n1Z71tswZ2

— Yogesh bhattarai (@yogesbhattarai) February 27, 2019

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माण स्थलगत निरिक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल कार्यक्रम पछि ताप्लेजुङको पाथिभारा मन्दिर दर्शन गर्न गएका अधिकारीको हेलिकप्टर दुर्घट्नामा मृत्यु भएको हो। हेलिकप्टरमा मन्त्री अधिकारी सहित ७ जना रहेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ