रवीन्द्र अधिकारी मेरा आदरणीय मित्र : प्रवक्ता शर्मा
प्रकाशित २०७५ फागुन १५ बुधबार
432
Shares
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसंगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गरेका छन् ।
बुधवार शोक विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले भनेका छन् ,'रवीन्द्र अधिकारी कुनैबेला अनेरास्ववियुको अध्यक्ष छंदा म नेपाल विद्यार्थी संघको सभापति थिएं । दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथी उठाएर `लोकतन्त्रका सवालमा सम्पुर्ण एकता´ को निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र म संगै रविन्द्रजिको सकृय भुमिका स्मरण गरिरहेको छु ।'
शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् 'राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र ब्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए । कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर । उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ ।'