दुर्घटना अघिको कार्यक्रममा यस्ता हँसिला देखिएका थिए रविन्द्र अधिकारी
अमृत बास्तोला,
प्रकाशित २०७५ फागुन १५ बुधबार
721
Shares
तेह्रथुम । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माणको बुधवार विहान स्थलगत निरिक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल गरेका थिए ।
उनी हँसीलो र खूशी देखिएर सँधै देखिने जाँगर सहित स्थानीयहरुसँग छलफल गरेका थिए। उनले सबै बिषय ध्यानले सुनेको स्थानीय गोविन्द राईले जानकारी दिएका छन्। उनले स्थानीयका अरु गुनासोहरु पनि ध्यान दिएर सुनेका थिए।
चुहान डाँडाको कार्यक्रम सकेर ताप्लेजुङ गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको खबर स्थानियले केहि बेरमै पाए। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको हो। हेलिकप्टर आकाशमै आगो लागेर खसेको थियो।
हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए।