सत्ताको आडमा क्रान्तिकारी नेता भ्रष्टाचारमा डुबे : डा. भट्टराई
धनबहादुर भण्डारी,
प्रकाशित २०७५ फागुन १५ बुधबार
271
Shares
डडेल्धुरा । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा पुगेर क्रान्तिकारी नेताले ठुला ठुला भ्रष्टाचार गरेको बताएका छन् । सुदुरपश्चिम भ्रमणमा निश्केका पुर्व प्रधानमन्त्री भट्टराईले डडेल्धुरामा गरिएको कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सत्ताको आड र वलमा क्रान्तिकारी नेता निष्ठा र आस्था भुलेर भ्रष्टचारमा डुबेका वताएका छन् ।
पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले सत्तामा पुगेपछी हिजोका क्रान्तिकारीले आफ्नो निष्ठा, स्वच्छपन तथा आर्दश भुलेर भ्रष्टाचार गरेको बताएका हुन ।
कांग्रेस, तत्कालिन एमाले, एमाओवादीले त्याग र बलिदान गरेर संघीय लोकातान्त्रिक गणतन्त्र ल्याएको उल्लेख गर्दै भट्टराईले नेताहरुले विगत बिर्सेर भ्रष्टाचारमा लिप्त भइरहेको आरोप समेत लगाए। ‘हामी सबै पार्टीका साथीहरु क्रान्तिकारी हौ, सबै साथी जेल बस्नु भएको हो धेरैले सहादत प्राप्त गरेको उनको भनाई रहेको थियो । सत्तामा पुगेपछी हाम्रो इतीहासको रेकर्ड राम्रो छैन, नेपाली काँग्रेस २०४६-४७ मा, तत्कालीन एमाले पनी २०५४-५५ र २०५६ पछी सत्तामा गयो र तत्कालीन माओवादी २०६३-६४ मा सक्तामा गयो र त्यसैगरी अहिले दुई तिहाको सरकार बनेको छ तर सत्तामा पुगेपछी जानेर होस या नजानेर भ्रष्टाचार गरि रहेको आरोप डा भट्टराईको रहेको छ ।
‘सत्तामा पुगेपछी सबैले आफ्नो आदर्शलाई बिर्सेका छन्, जसरी गुलीयोमा डुबेको झीँगा जसरी उड्न सिक्दैन, त्यसरी सत्ताको चासनीमा डुबेर क्रान्तिकारी साथीहरु डुबेको र ठुला–ठुला भ्रष्टाचार प्रकरण भएको हामीले देखेका छौ ।’ उनले आक्रोशीत हुर्दै थपे‘अझ त्यतीबेला अपार्दशीता हुन्थ्यो तर आजभोली जनताले हाकाकाकी थाहा हुने गरेर भ्रष्टाचार गरे, चाहे वाइटबडी काण्ड भन्नुस चाहे बुढीगण्डकी प्रकरण भन्नुस अथवा एनसेल प्रकरण वा ३३ किलो सुन काण्ड यी त बाहीर आएका कुरा हुन भित्री कुरा त कती छ कती ! पुर्व मन्त्री भट्रार्यले खुलाउनु भयो ।
कार्यक्रमा बोल्दै संयोजक डा. भट्टराइले देशमा भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुले नै भ्रष्टाचार गरिरहेको बताए । ‘हामीले थुप्रै प्रकरण देखीरहेका छौ भ्रष्टाचार रोक्ने मान्छेहरुले आफै भ्रष्टाचार गरीरहेका छन’ उनले भने त्यसैले त्यो संस्था काम लागेन हामीले त्यसलाई सच्याउनु पर्छ ।’
गत माघ १५ गतेबाट पाँचथरको चिवाभञ्ज्याङ बाट सुरु भएको नयाँ शक्ति पार्टीको जनसंवाद अभियान फागुन १६ गते बैतडीमा समापन हुने जानकारी दिइएको छ । एक महिनादेखी मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूका व्यापारिक केन्द्रमा भेटघाट, अन्तरक्रिया तथा छलफल गरेका समेत कार्यक्रमा जानकारी गराइएका छन् ।