उफ् सुध्रेन मौसम, जताततै बदली, उच्च हिमाली भेगमा हिमपात
प्रकाशित २०७५ फागुन १५ बुधबार
321
Shares
काठमाडौं । मौसममा अझै सुधार आउन सकेको छैन । यतिबेला देशको अधिकांश भु–भागहरुमा सामान्यदेखि पूर्ण बदली भएमो जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै पश्चिमी उच्च हिमाली भेगहरुमा हिमपात भइरहेको छ । पश्चिमी भुभागका अधिकांश स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाइएको छ ।
महाशाखाले मध्य र पूर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ ।
त्यस्तै दिनभर नै देशका उच्च हिमाली भु–भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार राति पनि वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ ।
बिहीबार पनि मौसममा सुधार नहुने प्रक्षेपण महाशाखाको छ । शुक्रबारदेखि भने अवस्था एक स्थानबाहेक अन्य स्थानमा मौसम सफा रहने जनाइएको छ ।