arrow

‘राष्ट्रपति होइन कांग्रेस सभापति र प्रधानमन्त्री बन्ने लक्ष्य राखेको थिएँ'

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
rambaran-ops.jpg.jpeg

काठमाडौं ।  पूर्व राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालिन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताएका छन् ।

ललितपुरमा पुस्तक विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा सङ्घीय गणतन्त्रात्मक समावेशी, धर्मनिरमेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिए ।

उनले नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समूदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पूर्व राष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एक मुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झदै कानुनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ