arrow

बसपार्क सिलान्यास गर्न आएका मन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा

logo
नारायण रिजाल,
प्रकाशित २०७५ फागुन १४ मंगलबार
Kalojhanda_3.jpg

बागलुङ । नेपाल विद्यार्थी संघ बागलुङका कार्यकर्ताले नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राईलाई कालो झण्डा देखाएर विरोध गरेका छन् ।

बागलुङ बसपार्कको सिलान्यासको लागि बागलुङ आएका इस्तीयाक राईलाई बागलुङ नगरपालिका–४ उपल्लाचौरमा बसपार्क शिलन्यासको कार्यक्रम तर्फ जाँदै गर्दा कालो झण्डा देखाएर विरोध जनाएका हुन ।

कालो झण्डा देखाउने दुई जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेविसंघका कार्यकर्ता तथा धौलागिरी बहुमुखि क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल र स्ववियु सदस्य मनोज सापकोटा पक्राउ गरेको हो ।

देशमा बढदै गएको महंगी भ्रष्टाचार लगायत सरकारको काम गतिविधिको विरोधका साथै बागलुङ नगरपालिकाले गरेका गतिविधिको विरोध गर्दै कालो झण्डा देखाएको नेविसंघ बागलुङका सचिव श्रीकृष्ण पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ