arrow

ठगी मुद्दाका प्रतिवादी कारागार चलान

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
prisoner-jail.jpg

काठमाडौँ ।  वैदेशिक रोगजारसम्बन्धीको ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् ।

शुक्रबार पक्राउ परेका सिन्धुपाल्चोक शिखरपुर घर भई हाल काठमाडौँ बुद्धनगर बस्ने भीमप्रसाद दाहाललाई आज काठमाडौँ जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७४ पुस ३० गतेको फैसलाले दोषी ठहर भई रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महीना कैद सुनाइएकामा उक्त फैसला बेरुजु रही दाहाल फरार हुँदै आएका थिए । दाहालले इजाजतपत्रविना विसं २०७३ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाइ रु तीन लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणले पीडितलाई हर्जनासहितको विगो रकम रु पाँच लाख २५ हजार दिलाइ दिनसमेत फैसला गरेको थियो । अदालतको आदेशले दाहाललाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ