काँग्रेस केन्द्रीय समिति बैंठक बस्दै, के विषयमा हुँदैछ छलफल ?
प्रकाशित २०७५ फागुन १२ आइतबार
211
Shares
काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठक काठमाडौंमा बसिरहेको छ । आईतबार काँग्रेस केन्द्रीय कार्यालयमा विहान ११ बजेदेखि बैंठक बसिरहेको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए ।
आईतबारको बैठकमा नेविसंघको तदर्थ समिति र विधान संशोधनमा देखिएको विवाद बारे छलफल गरिने काँग्रेसले जनाएको छ । लामो समयदेखि चलिरहेको यसको असमझदारी अझै टु्रगिन सकेको छैन ।
यसैबीच केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघका नेताहरुले पार्टी कार्यालय बाहिर नेविसंघको चुनावी समितिमा ३२ वर्षे उमेर हद लगाउन माग गर्दै प्रदर्शन गरेका छन् ।