काठमाडौं । जनपद प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको प्रहरी नायव उपरीक्षक डीएसपीमा बढुवा भएको छ ।
शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार हरि खतिवडा ९८.२५ अंकसहित एक नम्बरमा रहे । उनको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा पोष्टिङ भएको छ ।
दोस्रो नम्बरमा ९७.२५ अंकसहित मञ्जिल मुकारूङ दोस्रो स्थानमा रहे । त्यसैगरी ९६.८३ अंकसहित जागेश्वर भण्डारी तेस्रो नम्बरमा रहे ।
चिनीमाया तामाङ ३१ औं नम्बरमा रहेर इन्स्पेक्टरबाट डीएसपी बनेकी छिन् ।
अरु कसको भयो बढुवा र कहाँ भयो पोष्टिङ । यस्तो छ नामावली–