शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी ४५ वर्षीया महिलामाथि करणी
आरोपमा ५८ वर्षे पक्राउ, आफन्तले होहल्ला गरे पनि कसैले नसुनेझैं गरे
प्रकाशित २०७५ फागुन ११ शनिबार
331
Shares
बाजुरा । बलात्कार गरेको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्नसमेत नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो ।
बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार गर्न खोजेको र नजिकै आफन्तले होहल्ला गरे पनि नसुनेझैँ गरेको बताइएको छ ।
महिलाका आफन्तले दिएको उजुरीको आधारमा बलात्कारी गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ ।
त्यस्तै बाजुरामा भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका खडक ऐडी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्रिवेणी नगरपालिका–८ स्थित बादापानीको जङ्गलमा सिकार खेल्न गएको अवस्थामा शुक्रबार भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् ।