काठमाडौं । दुई तिहाईको समर्थनप्राप्त केपी शर्मा ओली नेतृत्वको सरकार अहिलेसम्मकै बलियो सरकार हो । यो सरकार विपक्षीले चाँहदैमा ढल्ने स्थितिमा पनि छैन ।
तर यो सरकारले एक वर्षमा गरेका कामको फेहरिस्त हेर्दा सन्तुष्ट हुने कतै देखिँदैन । ओलीले भ्रष्टाचारमा शून्य शहनशीलता’ भने पनि जताततै भ्रष्टाचारको माहोल बढ्दो छ ।
समाजका बुद्धिजीवीहरुले समेत सरकारको भनाइ र गराईमा देखिएको उल्टोपनप्रति आक्रोश पोखेका छन् ।
प्रतिपक्षी कमजोर भएर पनि सरकारले गति छाडेको आरोप लाग्ने गरेको छ ।
राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार किशोर नेपाल पनि आक्रोश पोख्ने कित्तामा उभिएका छन् ।
उनले लेखेका छन्, ‘जति लेखे पनि के भो र ? सरकार र प्रतिपक्षको गाडी गुडेकैछ । कार्यकर्ताको धन्दा चलेकैछ । समाजमा ‘माँ कस्सम’ वालाहरूको सिक्का जमेकैछ । सामान्य जनताको जीवन ‘उपरवाले कि हाथमे’ भने पुगेकैछ ।’