काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारमा शून्य शहनशीलता’ भने पनि जताततै भ्रष्टाचारमै चुर्लुम्म डुबेपछि आक्रोश बढ्दो छ ।
यही बेथितिप्रति राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले पनि आक्रोश पोखेका छन् । उनले ट्वीटरमा जताजतै लुट भएको भन्दै ओली सरकारलाई थुइक्क भनेका छन् ।
उनले लेखेका छन्, ‘हैट्,वाइड बडीका लुटेराद्वारा इलेक्ट्रिक बसमा लूट ! भारतको खोटो बसलाई चीनको भनी सही नगर्दा सचिव कृष्णप्रसाद देवकोटालाई सरूवाको सजाय । लूटको झूटलाई सत्य साबित गर्न राष्ट्रपति र प्रधानमन्त्री कार्यालको दबाब । यो हो भ्रष्टाचारमुक्त ओली राजको सुशासनको अस्सली अनुहार । थुइक्क !