छात्रालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले पक्रेपछि त्रिविका सहायक डिन निलम्बित
प्रकाशित २०७५ फागुन ९ बिहिबार
535
Shares
काठमाडौँ । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ ।
बुधबार बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो ।