arrow

मानव बेचविखन हुने महिलाभन्दा पुरुष बढी, उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
human-trafficking.jpg

काठमाडौँ । भारत मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएका बेला भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइएको छ । 

मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो । 

भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो ।

मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई बुधबार काठमाडौँ ल्याएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । 

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ