arrow

वडाध्यक्षद्वारा महिला माथि हेल्मेट प्रहार

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
rukum1.png

रुकुम (पूर्व) ।जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन् ।

निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताए। कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ ।

अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनि महिला विकास कार्यालयले गठन गरेको तत्कालीन पारालिगल समितिका सदस्यसमेत थिए ।

आफूमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । घटनाबारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ