मोटरसाइकल भिरबाट सेती नदी किनारमा खस्यो, दुईको मृत्यु
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ फागुन ८ बुधबार
461
Shares
बझाङ । बझाङको जयपृथ्वी राजमार्ग तमैल नजिकै रहेको माल्लालाग्ने भिर नजिकै से .६ प .६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा जयपृथ्वी नगरपालिका १० का २१ वर्षिया पवन छत्याल र जयपृथ्वी नगरपालिका ७ का १९ वर्षिया प्रेम हमालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा छबिसपाथिभेरा गाउँपालिका ६ का १७ वर्षिया आकास सिंह गम्भिर घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने तमैल बजारबाट सदरमुकाम चैनपुर फर्कने क्रममा मोटरसाइकल अनियन्त्रित हुदा तमैर भिरबाट करिव २ सय मिटर तल सेती नदीको किनारमा खसेपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आज दाहसंस्कार गरिएको छ । घाइते सिंहलाई जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । चालकले मदिरा सेवन गरी मोटरसाइकल चलाएका कारण सो दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।