मन्दिरको जग्गा मिचेर राष्ट्रपति रनिङ सिल्ड सचांलनका लागि खेल मैदान निर्माण हुदै
प्रकाशित २०७५ फागुन ७ मंगलबार
288
Shares
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ लटीनाथमा रहेको लटीनाथ मन्दिरको जग्गा मिचेर वडा कार्यालयले राष्ट्रपति रनिङ सिल्ड सचांलनका लागी खेल मैदान निर्माण भैइरहेको छ । मार्मा गाउँपालिका र मार्मा गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयको सहकार्यमा १० लाख रमक विनियोजित गरी मन्दिरको जग्गा मिचेर खेल मैदान निर्माण भईरहेको हो ।
ऐतिहासिक पौराणिक गाथा बोकेको लटीनाथ देउताको पुण्यभुमी मिचेर मनपरी ढङगले धार्मीक मान्यता विपरीत गरेको भन्दै स्थानीयहरुले बिरोध गरेको स्थानीय धिरज बिष्टले जानकारी दिए । स्थानीयको बिरोधका बाबजुत पनि निर्माण कार्य अगाडि बढाईएको छ उनले भने 'खेल मैदानको लागी मार्मा गाउँपालिका वडा नम्बर ४ तपोवनमा खुल्ला मैदान हुदाहुदै मन्दिरको जग्गा मिचेर खेलमैदान निर्माण हुदैछ ।'
स्थानीय बिष्टले भने, 'यदि मार्मामा खेलकुद क्षेत्रको विकास गर्ने नै हो भने तपोवनको खुला मैदान काफी छ, जहा यत्रतत्र थुप्रै मैदान छन बजेट पनी त्यती खर्च गर्नु पर्दैन्थ्यो यति आग्रह गर्दा गर्दै पनी मन्दिर परिसरको जग्गा मिचेर खेल मैदान निर्माण गरिनु हाम्रो लागी असह्य छ हामी त्यो हुन दिदैनौ ।'
लटीनाथ मन्दिरको आफ्नो छुट्टै एतिहासिक महत्व रहेकोले पुण्यभुमी भित्रका पुराना सरंचना तथा रुखहरुको नाश गर्नु धार्मिक मुल्य मान्यता बिरुद्ध लात हान्ने काम भएको स्थानीयको बुझाई छ । जेसीवी लगाएर मन्दिरको जग्गामा रहेका सम्पुर्ण रुखहरु उखेल्ने काम भैरहेको हुदा यस बिषयमा अपि नाम्पा सरंक्षणल क्षेत्र कार्यलयलाई जानकारी गराएको भएपछि कुनै सुनुवाई नभएको स्थानीय बिष्टले बताए । लटीनाथका ब्यापारीहरुको ब्यक्तिगत स्वार्थको लागी मन्दिर परिसर मिचेर रनिङ्ग सिल्ड सचांलनका लागी खेल मैदान निर्माण भईरहेको उहाको आरोप छ ।