करणीपछि बालिकाको हत्या गरि जलाउने अभियुक्त पक्राउ, यस्तो छ घटना विवरण
प्रकाशित २०७५ फागुन ७ मंगलबार
845
Shares
धनुषा । प्रहरीले जबरजस्ती करणीपछि बालिकाको हत्या गरि जलाउने अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरि शंकित ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा भारत तर्फ लुकिछिपी भाग्न लागेको अबस्थामा जिल्ला धनुषा बिदेह नपा २, दुहबीटोलबाट अभियुक्त निरज जर्घा मगरलाइ पक्राउ गरेको हो ।
मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो ।
फागुन २ गते जिल्ला धनुषा मिथिला नपा वडा न ३, हरीहरपुर, मगर टोलमा विहान १० बजेको समयमा गाँउबाट उतर तर्फ रहेको मौले कामीको उखुबारीमा नग्न अबस्थामा जलेको शव फेला परेकोमा उक्त शब सोही स्थान बस्ने देवनारायण रसाईलीको छोरी बोल्न नसक्ने लाटी वर्ष ११ की रेश्मा भन्ने दुतिया रसाईलीको भन्ने पहिचान भएको थियो ।
प्रहरी अनुसन्धानबाट खुल्न आएको विवरण अनुसार फागुन १ गते अभियुक्त निरज जर्घा मगर आफ्नो मामाको घर मिथिला नपा वडा न ३ स्थीत मगर टोल बस्ने इन्द्र बुर्जा मगरको छोरी मन्दिरा बुर्जा मगरको विहेको कार्यक्रम सके पश्चात साँझ स्थानिय गाउँलेहरुसँग भोजको कार्यक्रममा संलग्न रहेका थिए । भोजको पश्चात सवै जना विवाहको घरमा नाचगानको कार्यक्रममा संलग्न भए ।
नाचगानका विचमा विजुलीको लाइन काटिएपछि केहि केटाकेटीहरु बाहेक अधिकांश जसो तितरबितर भर्इ घर तिर लागे । सोही मौका पारी रक्सी, लागु औषध (ट्याबलेट) तथा गाँजा समेत सेवन गरेका अभियुक्त निरज जर्घा मगरले ११ बर्षिय बालिका रेश्मा भन्ने दुतिया रसाइलीलाई फकाउन भनि नजिकैको किराना पसलमा चाउचाउ र फ्रुटी किनि ल्याए । बालिका विवाहको घर अगाडिको चौतारी नजिकै खेली बसेकोमा अभियुक्त निरज जर्घा मगरले चाउचाउ र फ्रुटी दिर्इ ललार्इफकार्इ खोलाको बाटो हुदै उतर तर्फ अन्दाजी २ सय मिटर पोखरीको उतर पश्चिम पट्टी उखुको खेतमा लगे ।
खेतमा लगेर बालिकालाई अभियुक्त निरज जर्घा मगरले चाउचाउ र फ्रुटी खान दिई सो पश्चात जबरजस्ती कपडा खोली करणी समेत गरेका थिए । पछि बालिकाले गाँउमा गएर पोल खोल्ने डरले बालिकालाई अभियुक्त आफैले घाँटी थिचेर हत्या गरे।
हत्या गरी सकेपछि बालिकाको लासलाइ लुकाउने र फिन्गर प्रिन्ट लगायतका प्रमाणहरु नष्ट गर्ने उदेश्यले शव माथी उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाइटरले आगो लगाए। बालिकालार्इ आगो लगाई उनि पुन विवाहको घरमा गर्इ नाचगान हेरी बसे। अन्दाजी राति ११:३० बजेको समयमा विवाह घरमा नाचगान कार्यक्रम सकेर मामा घरमा गई सुते। भोलिपल्ट विहान उठ्दा गाँउमा हल्ला भएपछि शव जलाएको ठाँउमा हेर्न गए, सो पश्चात मामा घरमा पुगेर विहान अदाजी १० बजे पछि गाँउबाट भागे।
अभियुक्त निरज जर्घा मगर विभिन्न चोरीका घटनामा सलग्न रहेको, केटी जिस्काएको आरोपमा ईप्रका ढल्केवरले नियन्त्रन्णमा लिई कारवाही गरेको, सार्वजनिक अपराधमा प्रहरी बृत्त कालीमाटीमा साथै ३ महिना सेन्ट्रल जेलमा सजाय भुक्तान गरी निस्किएका थिए।
मगरलाई जबरजस्ती करणी गरि कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसंधान कार्य भईरहेको प्रहरीले जनाएको छ ।