संसदमा झुठो बोल्ने मन्त्रीको वर्खास्तको माग गर्दै सुशासनका पक्षमा शान्ति समाज
प्रकाशित २०७५ फागुन ७ मंगलबार
586
Shares
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्धमा केन्द्रीत रहि सञ्चालित अभियान अन्तर्गत अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । २०७५ फागुन ६ गते अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति उत्तम पुडासैनीले वाइड बडी जहाज खरिद प्रकरणमा मुल दोषीहरुलाई कारबाही हुनुपर्ने र संसदमा झुठो बोल्ने मन्त्री रविन्द्र अधिकारीलाई तत्काल वर्खास्त गर्नुपर्ने आग्रहसहित शान्ति समाजले अभियान सञ्चालन गरिरहेको बताउँदै सरकार यसरीनै उदासिन रहिरहने हो भने यहि अभियान शसक्त आन्दोलनमा बद्लिने बताए।
महिला र बालबालिकाको सुरक्षाका विषयमा समेत केन्द्रीत रहि आयोजित कार्यक्रमको सभापतित्व शान्ति समाज अर्घाखाँची शाखाका सभापति अशोक पौडेलले गरेका थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुषाल, उपप्रमुख ठाकुरप्रसाद वि.क, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल, नेकपाकी छमकुमारी खनाल, जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल, महिला नेतृ संगिता वेलवासे, पत्रकार महासंघका जिल्ला सभापति हिमबहादुर जिसी, शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य मीना ढकाल लगायत वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी फागुन ६ गते कपिलवस्तुको वाणगंगामा सुशासन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि गुल्मीको तम्घासमा फागुन ५ गते आयोजित कार्यक्रममा समाजका सभापति उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनाल नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपाका वीरवहादुर कार्की, अधिकारकर्मीहरु विष्णु सापकोटा, विष्णु भण्डारी, जनार्दन घिमिरे लगायत वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै फागुन ४ गते पाल्पामा नागरिक सभा सम्पन्न भएको थियो । यो अभियानका क्रममा शान्ति समाजले जिल्ला जिल्लामा नागरिक सभाहरु आयोजना गर्दैछ ।