धनकुटा कांग्रेसका संस्थापक पूर्व क्याम्पस प्रमुख उपेन्द्र पोखरेलको निधन
प्रकाशित २०७५ फागुन ७ मंगलबार
548
Shares
धनकुटा। धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख नेपाल विद्यार्थी संघका संस्थापक तथा नेपाली कांग्रेस धनकुटका संस्थापक प्रजातान्त्रिक योद्धा उपेन्द्र पोखरेलको गए राती ९ बजे असमायिक निधन भएको छ। मुटु तथा पायल्स लगायत विभिन्न रोगबाट ग्रसित भै उपचार गराईरहेका ७५ बर्षिय प्रजातान्त्रिक योद्धा धनकुटका वरिष्ठ समाजसेवी उपेन्द्र पोखरेलको गएराती सवा नौ बजे असमायिक निधन भएको उनकी छोरी मनुजा पोखरेलले बताइन्।
नेपाली कांग्रेस धनकुटका संस्थापक तथा प्रजातान्त्रिक योद्धा शिक्षा बिद उपेन्द्र पोखरेलको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन्।
विगतमा धनकुटा कांग्रेसका संस्थापक उपेन्द्र पोखरेलले पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागी र प्रजातान्त्रिक आन्दोलनमा समेत अतुलनीय योगदान दिएको पार्टी सचिव राईले बताए।
धनकुटा नगरपालिका वडा नं. ३ कचिडे स्थायी घर भई अहिले उपचारको क्रममा विराटनगर महानगरपालिका वडा नं. १० तिनटोलिया स्थित उनको आफ्नै निवासमा निधन भएका धनकुटा कांग्रेसका संस्थापक प्रजातान्त्रिक योद्धा उपेन्द्र पोखरेलको श्रीमती र चार छोरीहरु छन्। स्वर्गीय उपेन्द्र पोखरेलको आज सम्मान पूर्वक अन्त्यष्ठी गरिने भएको छ।