arrow

पार्टीका दुई जनाले हात मिलाएर हिँड्दैमा एकता हुदैन : नेता केसी

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
arjun-narsingh-kc-smile.jpg.jpeg

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन समयमा नै हुने बताएका छन्  ।

सोमबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले समय सीमाभित्रै महाधिवेशन गरेर निष्पक्ष पारदर्शी ढङ्गले हुनुपर्ने बताए । महाधिवेशनपछि पार्टीलाई नेतामुखी नभई नीतिमुखी, विधिमुखी नभइ संस्थामुखी र पारदर्शी बनाउन कांग्रेसको ध्यान केन्द्रित रहेको उनले जानकारी गराए। कांग्रेसले महाधिवेशनपछि राष्ट्रव्यापी कार्यक्रम शुरु गर्ने नेता केसीले बताए ।

कांग्रेसभित्र ठूलो सुधार र एकताको आवश्यकता रहेको उनको भनाइ छ । उनले भने, “एकता भन्दैमा दुई जनाले हात मिलाएर हिँड्दैमा नभइ विचार, पद्धति, मूल्य र नीतिगत रुपबाट वैधानिक प्रक्रियाबाट एकता हुनुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ