arrow

खर्चिलो चुनावका कारण देशमा घुसखोरी, कमीसनखोरी बढ्यो : डा. भट्टराई

logo
कौरव खत्री,
प्रकाशित २०७५ फागुन ५ आइतबार
drbaburam_(1).jpg

गुल्मी । पूर्व प्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले देशलाई सङ्क्रमण फैलाउने रोगले जस्तै गरी भ्रष्टाचार नामको रोगले गाँजेको बताएका छन् ।

गुल्मीको मुसिकोट नगरालिका ७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराइले देशलाई गाँजेको भष्ट्राचार रोक्न महायज्ञ लगाएर धर्मको डर देखाएर सम्भव नहुने भन्दै विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने अँगहरु बलियो हुनुपर्ने बताएका हुन् ।

‘मानिस पदमा पुगेपछि लोभ लालचमा फस्दो रहेछ’ उनले भने ‘यो लालच, घुसखोरी, कमीसनखोरीतन्त्र, भ्रष्टाचार रोक्नलाई विधिको सुधार गर्नुपर्छ, पुरा प्रणालीलाई ठिक गर्नुपर्छ’ ।

उनले काण्डै काण्ड भएको राजनीतिबाट स्वतन्त्र रहने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायपालिकाहरुमा नियुक्ती गर्नुपर्ने भन्दै राजनीतिक शुद्धिकरण हुनुपर्नेमा जोड दिए । उनले खर्चिलो चुनावको कराण देशमा घुसखोरी, कमीसनखोरी बढेको भन्दै खर्चिलो चुनावी प्रणालीको सुधार गर्नुपर्ने बताए ।

‘चुनाव लड्दा करोडौ खर्च हुन्छ, त्यो खर्च सामान्य मान्छेले पुर्याउन सक्दैन त्यसैले ऋणधन गरेर चुनाव जित्छन्’ उनले भने ‘त्यो खर्च त उठाउनु पर्‍यो, त्यसैले रातारात करोडौ धन कमाउन प्रवृति हावी हुन्छ’ ।

उनले चुनावमा हुने आधारभुत खर्च राष्ट्रले तिरिदिने र कार्यकारी पदमा मात्र चुनाव गर्ने तथा संसदमा भने समानुपातिक प्रणालीबाट नेता छान्ने विधि अपनाउने हो भने भ्रष्टाचार हट्ने बताए ।  ‘कार्यकारी पद चुनावी गराउ, संसदलाई समानुपातिक बनाउँ, यसमा खर्च पनि कम छ, प्रदुषित राजनीति पनि हट्छ’ भट्टराइले भने ।

उनले प्रदुषित राजनीतिको निवारण गर्न जनता पनि सचेत भइ जनप्रतिनिधिहरुलाई सचेत बनाउने र असल नेतालाई मात्र चुन्नुपर्ने कुरामा जोड दिए । ‘सबैभन्दा ठुलो कुरा विधिको शासन हो’ उनले भने ‘त्यसैले पहिला ब्यक्ति, पार्टी भन्दा पनि प्रणालीको सुधार आवश्यक छ’ ।

वैकल्पिक राजनीतिक शक्ति नया शक्ति नेपालका संयोजक समेत रहेका भट्टराइले नेपाल बाहेक विश्वको कुनै पनि देशमा स्थानीय तहको संविधानमै व्यवस्था नभएको भन्दै नेपालमा सहीदको रगतले स्थानीय तहको लागि संविधानमा व्यवस्था गरीएका २२ अधिकार जसरी पनि प्रयोग गर्न स्थानीय तहलाई आग्रह गरे । सबैभन्दा बलियो स्थानीय सरकार, त्यसपछि प्रदेश र केन्द्र सरकार हुनुपर्ने भन्दै उनले अब जनतालाई धनी बनाउने खालको समावेशी विकासको बिचारधारा जन्माउनुपर्ने बताए ।

‘साम्यबाद पुँजीबाद जस्ता विचारहरुमा अब धेरै प्रश्नहरु आउन थाले’ उनले भने ‘त्यसैले अब यी दुवै सिद्धान्तका राम्रा पक्षहरुलाई लिएर समावेशी बिकास हुने मोडल हामीले ल्याउनुपर्छ’ । उनले देश बिकासको निम्ती राज्यले पूर्वाधारको क्षेत्रमा नेतृत्व गर्नुपर्ने र नीजि क्षेत्रलाई कृषि सहित अन्य क्षेत्रहरुमा लगानी गर्न दिएको खण्डमा देशमा सन्तुलित बिकास हुने बताए । उनले बिकासको पहिलो पूर्वाधार सडक भएको भन्दै सडक सँगै अन्य पूर्वाधारहरुको बिकास गर्नुपर्ने र अर्काे प्राथमिकता शिक्षा हुनुपर्ने बताए ।

‘हामीले अहिले घोकन्ते विद्या हावी भयो’ उनले भने ‘अमेरीका जस्ता विकसीत देशहरुले व्यवहारीक शिक्षा अँगाले त्यसैले उनीहरु बिकसीत भए, अब हामीहरुले पवनि सीपयुक्त व्यवहारीक शिक्षाको मोडल लिनुपर्छ’ । उनले स्थानीय तहलाई जमनीको खरीद बिक्रीमा नियमन गर्दै व्यवस्थित शहरीकरणको अवधारणामा जान सुझाव दिदै संविधानले दिएका अधिकारलाई टेकी बिकास कार्यमा हिड्न सुझाव दिए । उनले अब राजनीति शुद्ध हुनुपर्ने भन्दै असल राजनीतिको नारा लिएर आफु मध्यपहाडको यात्रामा निस्केको बताए ।

मध्यपहाडी क्षेत्रका हरेक गतिविधिलाई बुझेर यस क्षेत्रको बिकासको निम्ती एक प्रतिवेदन बनाएर प्रतिनिधि सभामा पेश गरी बिकास गर्ने उद्धेश्यका साथ आफु यो यात्रामा हिडेको भन्दै कुनै राजनीतिक प्रचारसँग आफ्नो हालको यात्रालाई नजोड्न आग्रह गरे । हरेक कुराले पछि परीरहेको मध्यपहाडलाई पुनर्जीवित बनाउने उद्धेश्यक साथ आफु यात्रामा हिडेको उनको भनाइ छ । उनले जनयुद्धको बिषयमा समेत प्रवेश गर्दे सात सालमा काँग्रेसले सुरु गरेको क्रान्तीलाई आफुहरुले टुङ्गाएर हालको परिणाम ल्याएका तर काम गर्दा केही त्रुटिहरु भएको स्विकार गरे । भट्टराइ सँगै पूर्व मन्त्री हिसीला यामी सहितका अन्य केन्द्रिय नेताहरु कार्यक्रममा सहभागी थिए ।

अन्तरक्रिर्या कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिका भित्रका सबै समस्या तथा आवश्यकताहरु सहितको बारेमा डा. भट्टराइलाई ब्रिफिङ्ग गरेका थिए ।

असल राजनीति र समावेशी बिकासका लागि जनसम्बाद यात्रा भन्ने नारा सहित गत माघ १५ देखी ताप्लेजुङ्गकाो चिवाभञ्ज्याङ्ग देखी सुरु भएको भट्टराइको अभियान आउने फाल्गुण १५ गते बैतडीको झुलाघाटमा पुगेर टुङ्गिने नया शक्ति पार्टीका केन्द्रिय सदस्य यज्ञ पोखरेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ