पाँचथर । स्कुटरको ठक्करबाट मेचीराजमार्ग अन्तर्गत पाँचथरको फिदिम राँके सडकखण्डको लालीखर्कमा आइतबार एक ब्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम नगरपालिका–३ लालीखर्कमा गोपाल राई रहेका छन् । स्कुटरको ठक्करबाट गम्भिर घाईते भएका राईको समर्पित अस्पताल फिदिममा उपचारको क्रममा ज्यान गएको हो ।
लालीखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे १ प २५७३ नम्बरको स्कुटरले ठक्कर दिँदा लालीखर्क निवासी अन्दाजी ३८ वर्षीय पैदल यात्रि गोपाल राईको मुत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
राईलाई ठक्कर दिने स्कुटर चालक टंक श्रेष्ठ पनि घाईते भएको र उनको समर्पित अस्पताल फिदिममा उपचार भईरहेको पाँचथरका ट्राफिक प्रहरी प्रमुख जनक तिमल्सिनाले वताए ।