arrow

'लुट्न सके लुट् कान्छा...' मा नाच्न गएकाहरुले सोधे, 'कम्युनिष्ट सरकार कि पञ्चायत रिटर्नस् ?' 

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
mandela-protest.jpg

काठमाडौं। सरकारले पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीत युटुबबाट हटाउन दबाब दिएको विरोधमा आईतबार अपराह्न माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत गाईएको छ। शुक्रबार युटुवमा राखिएको सो गीत नेकपाका कार्यकर्ता र सरकारी संयन्त्रको चर्को दबाबपछि युटुबबाट हटाउन लगाईएको थियो। 

स्वतन्त्र नागरिकको नामबाट आयोजना गरिएको सो कार्यक्रममा उपस्थितभएकाहरुले सरकारमाथि व्यङ्ग्य गरिएको गीतमाथि प्रतिबन्ध लगाएर सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्न लागेको आरोप लगाए। उनीहरुले सार्वजनिक रुपमा नै सो गीत बजाएर मण्डलामा नै नाचेका थिए। अपराह्न ५ बजे माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाईएको थियो। 

मण्डलामा भेला भएका उनीहरुले हातमा कम्युनिष्ट सरकारहो कि यो पञ्चायती सरकारहो भन्ने भाव बोकेको कम्युनिष्ट सरकार कि पञ्चायत रिटर्नस् भन्दै सरकारको प्रश्न गरेका थिए। उनीहरुले सरकारसँग अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न समेत सरकारसँग माग गरेका छन्।

शुक्रबार सो गीत सार्वजनिक भएसँगै युवा संघका अध्यक्ष लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुले सो गीतको चर्को रुपमा विरोध गरिएको छ। सो गीतमा प्रयोगगरिएका केही शब्दहरुप्रति आपत्ति जनाउँदै सरकारी तवरबाटै यस्तो प्रतिबन्ध लगाउने काम गरिएकोप्रति सरकारको समेत चर्को विरोध र अलोचना भईरहेको छ।
Image may contain: 12 people, crowd and outdoor

Image may contain: one or more people, hat, crowd and outdoor

Image may contain: 14 people, people smiling, crowd and outdoor

Image may contain: 2 people, crowd and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ