arrow

लुट्न सके लुट् कान्छा... को हटाईएकोको विरोधमा राप्रपा संयुक्त

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
rpp-halo.jpg

काठमाडौं। राप्रपा संयुक्तले लोक गायक पशुपति शर्माले तयार पारेको लुट्न सके लुट कान्छा बोलको गीतमामाथि सरकारी पक्षले लगाएको हटाइएकोमा विरोध गरेको छ। आईतबार विज्ञप्ती जारी गर्दै राप्रपा संयुक्तले संविधानले दिएको स्वतन्त्रताको विरोध हुनेगरी सरकारी पक्षले उक्त कदमको विरोध गरेको हो।

राप्रपा संयुक्तले संविधानले नै कुनैपनि नेपाली नागरिकलाई आफूलाई लागेको अभिव्यक्ति दिन पाउने, सम्पत्ति कमाउन पाउने, निर्वाध घुम्नफिर्न पाउने संवैधानिक हकलाई उल्लंघन गर्न लागेको आरोप राप्रपा संयुक्तको छ। राप्रपा संयुक्तले आफ्नो भातृसंस्था युथफोर्सलाई अघि सारेर सत्तारुढ दल नेकपाले सो गीतमाथि प्रतिबन्ध लगाएको आरोप लगाएको छ।

राप्रपा संयुक्तले नेपाली जनता कुनैपनि किसिमको अधिनायकवाद स्वीकार्दैनन् भन्ने बुझ्न पनि सरकारलाई सचेत गराएको छ। राप्रपा संयुक्तको सञ्चार समिति संयोजक राजेन्द्र गुरुङले जारी गरेको विज्ञप्तीमार्फत् राप्रपा संयुक्तले यस घटनाप्रति सरकारको ध्यानाकर्षण समेत गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ