''समृद्धि' मिठो नारा मात्रै होइन भने वयलगाडामा बसेर चढिन्न सगरमाथा'
प्रकाशित २०७५ फागुन ५ आइतबार
610
Shares
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई ‘समृद्धि’ मिठो नारा मात्रै होइन भने वयलगाडामा बसेर सगरमाथा नचढिने बताएको छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा कांग्रेसले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा भने,'वर्तमान प्रधानमन्त्रीले गणतन्त्रका लागि संघर्ष भइरहेको बेला वयलगाडाको एक प्रसंग राख्नु भएको थियो । आज उहाँको सरकारको गति, मति, प्रवृत्ति र एक वर्षको दुव्लो शैली हेर्दा भन्नैपर्ने स्थिति आएको छ –‘समृद्धि’ मिठो नारा मात्रै होइन भने वयलगाडामा बसेर चढिन्न सगरमाथा । वितेको वर्षको समग्र आर्थिक चित्र मध्ये केवल सात वटा प्रतिनिधि तथ्यहरु हेरौं जसले हामीलाई सोच्न वाध्य तुल्याउँछ सहज राजनैतिक वातावरण र दुई तिहाइको सरकार भएर पनि देशले एउटा सिंगो वर्ष व्यर्थमै व्यतित गरेछ ।'