arrow

काँग्रेसले भन्यो, ‘सत्ता हस्तान्तरण गर्दा सूचका‌ंक राम्रो थियो, सरकारले बालुवाको जग हाल्यो’

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
NC-party-office.png

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षको समीक्षा गरेको छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन मार्फत् काँग्रेसले सरकारको एक वर्षको उपलब्धीबारे टिप्पणी गर्दै काँग्रेसले मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा हस्तान्तरण गरेको दाबी गरेको छ । 

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै काँग्रेसले संविधान निर्माण गरेर, तीनै तहका निर्वाचन समेत गरि सबै सूचकांककाहरु सन्तोषजनक स्थितीमा छाडेर हिँडेको दाी गरेको छ । 

प्रधानमन्त्रीले भनेको हजारौं माईलको यात्रा पनि एउटा पाईलाबाट नै सुरु हुन्छ भनेको प्रति टिप्पणी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको १२ महिनाको १२ पाईला नै लरखराएको भन्दै हजार माईलको यात्राको सम्भावना नै कम देखिएको आरोप समेत लगाए । उनले अहिले समृद्धिको जग हाल्दैमा छानो खोजिएको भन्दै दिएको अभिव्यक्ति प्रति उनले सरकारले समृद्धिको जग नै बालुवाको रहेकोले पनि प्रतिपक्षी दलले सरकारलाई झक्झक्याउँदै आएको शर्माको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ